बुढानिलकण्ठ नगरपालिका-११ पौटार गैरीगाउँबाट १६ जना जुवाडै पक्राउ परेका छन्।

महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले शुक्रबार मध्यराति प्रहरीले ५ लाख ११ हजार ५०० सहित उनीहरूलाई पक्राउ गरेको हो।

सुमन खड्काले जग्गा भाडामा लिएर टहरा बनाएको ठाउँमा जुवा खेलिरहेको सूचनाका आधारमा पुगेको प्रहरीले उनीसहितलाई पक्राउ गरेको हो।

खड्काले तरकारी खेतीका लागि टहरा बनाएको ठाउँमा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरी पुगेको थियो।

पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका-४ का कमल परियार, श्रीराम श्रेष्ठ, रोशन पौडेल, नवराज श्रेष्ठ, बुढानिलकण्ठ नगरपालिका-११ का गणेश उप्रेती, कुमार केसी, मिलन तामाङ, दिनेश पौडेल, सन्जिव खड्का, दामोदर पौडेल, मुकुन्द खड्का, राजु गिरी, विवेक कार्की, प्रल्हाद खड्का र कालीचरण चौधरी रहेका छन्।

उनीहरूको साथबाट १६ थान कौडासमेत बरामद भएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए।

पक्राउ परेकालाई हिरासतमा राखेर जुवा ऐन अन्तर्गत अनुसन्धान थालिएको न्यौपानेले बताए।

 

Your Views
Related News