काठमाडौं: विधान संशोधन अधिवेशनलाई उदण्ड जत्थाले बिथोलेको भन्दै नेपाल रेडक्रस सोसाइटीले गम्भीर ध्यानाकर्षण जनाएको छ। कात्तिक २८ र २९ गते थापाथलीस्थित कार्की ब्यङ्केटमा हुने भनिएको विधान अधिवेशनमा उदण्ड समूहले छापामार शैलीमा प्रवेश गरेको सोसाइटीका अध्यक्ष नेत्रप्रसाद तिम्सिनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

‘२०-२५ जनाको उदण्ड समूहले छापामार शैली र गुण्डागर्दी तवरबाट उद्‍घाटन स्थलमा प्रवेश गरी त्यहाँ भित्र रहेको महाधिवेशन प्रयोगका लागि राखिएका सामग्रीहरु, रेडक्रसको झन्डा, झोला, ज्याकेट र कागजपत्रहरु खोस्ने, च्यातेर फाल्ने, माइक, टेबल कुर्सीलगायतका सामग्रीहरु तोडफोड गरी लाखौंको क्षति गरेका छन्,’ विज्ञप्तिमा भनिएको छ।

रेडक्रस सोसाइटीको बजार शाखाले बिक्री स्थलमा राखेको लाखौंको सामग्रीहरु लुटपाट गरेको जनाइएको छ। लुटपाटमा केही सोसाइटीका केही केन्द्रीय सदस्यहरुको समेत संलग्नता रहेको सोसाइटीले जनाएको छ।

रेडक्रस सोसाइटीले घटनाको न्यायिक छानबिन गर्न माग गर्दै तोडफोडर लुटपाटमा संलग्नहरुलाई कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेको छ।

 

Your Views
Related News