![](https://jalpakhabar.com/wp-content/uploads/2021/11/thumb-4.jpg)
गमगढी, मुगु : जिल्लास्थित गमगढी बजारमा सोमबार राति भीषण आगलागी भएको छ । उक्त आगलागीबाट १७ वटा घर जलेर पूर्णरुपमा खरानी भएको प्रहरी नायब उपरीक्षक चित्र भट्टराईले बताए ।
![](https://jalpakhabar.com/wp-content/uploads/2021/11/thumb-4-300x200.jpg)
सोही आगलागीबाट मानवीय क्षति नभएपनि धनसम्पति जलेर खरानी बनेको उनको भनाई छ । राति १२ बजे ठिल्ले तामाङको घरबाट सल्किएको आगो ५ बजेसम्म ८० प्रतिशत नियन्त्रणमा आएको अझै आगो निभाउन नसकिएको भएको प्रहरी नायब उपरीक्षकको भनाई छ ।
आगो नियन्त्रण गर्न स्थानीय, जनपथ प्रहरी सशस्त्र प्रहरी बल, नेपाली सेना, नगर प्रहरी रेडक्रसकर्मी खटिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी गराए ।
मुगुको गमगढी बजारमा सल्किएको आगो तस्बिर
गमगढी बजारमा पानीको अभाव भएको आगो नियन्त्रणमा खटाएका टोलीले पाइप, बाल्टी, जर्किनमार्फत पानी प्रयोग गरेको प्रहरीको भनाई छ ।
सोही आगलागीबाट क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीको भनाई छ ।