काठमाडौँ — नेपाल बार एसोसिएसनका महासचिव लिलामणि पौडेलले प्रधानन्यायाधीश चोेलेन्द्रशमसेर जबराको निरन्तरताका लागि कुनै न्यायाधीशले पहल गरे उनीहरूविरुद्ध पनि आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

न्यायाधीशहरूबीचमा नै फुट आइरहेका बेला बारले उनीहरूप्रति खबरदारी गरेको हो । न्यायाधीशहरूबीचको फुट प्रधानन्यायाधीश जबरालाई जोगाउने कदम भएको उनीहरूको बुझाइ छ ।

‘प्रधान्यायाधीशको निरन्तरताका लागि गरिने पहल मान्य हुने छैन । तपाईंहरूविरुद्ध पनि आन्दोलनमा लाग्छौं, ’ महासचिव पौडेलले भने ।

 

Your Views
Related News