काठमाडौं : असन्तुष्ट न्यायाधीशसँग छलफलका लागि नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठको नेतृत्वमा बारका पदाधिकारी सर्वोच्च प्रवेश गरेका छन्। बारले न्यायाधीशसँगको छलफलपछि तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताएको छ। आज बारको दोस्रो चरणको आन्दोलनको अन्तिम दिन हो।

करिब ४ हप्तादेखि सर्वोच्च अदालतका न्यायाधीश र कानुन व्यवसायीहरु प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलित छन्। उनीहरुले प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलनलाई थप शसक्त पार्ने बताउँदै आएका छन्।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायिक क्षेत्रमा भ्रष्टाचार गरेको भन्दै तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने  उनीहरुको माग छ । तर, जबराले भने सोमबार एक विज्ञप्ति जारी गर्दै आन्दोलित कानुन व्यवसायीलाई आन्दोलन छोडेर वार्तामा आउन आह्वान गरेका छन्।

यता कानुन व्यवसायीले भने वार्तामा नजाने र प्रधानन्यायाधीशले तत्काल राजीनामा दिनुपर्ने अडानमा छन्।

 

Your Views
Related News