दाङ: रोल्पामा यात्रु बाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। दाङको घोराहीबाट रोल्पाको थवाङका जाँदै गरेको ना३ख ५५१८ नम्बरको बस माडी गाउँपालिका २ मा दुर्घटना भएको हो।

दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने ११ जना घाइते भएको रोल्पा प्रहरीले जनाएको छ। बस शहित मार्गअन्तर्गत माडी गाउँपालिका वडा नम्बर २ जलजलामा दुर्घटनामा परेको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए।

बसमा १८-२० जना सवार रहेको अनुमान गरिएको छ। बस सडकदेखि १०० फिट तल खसेको छ। विस्तृत विवरण आउन बाँकी छ।

 

Your Views
Related News