काम्पाला : युगान्डा प्रहरीले पाँच शंकास्पद व्यक्तिको हत्या गरेको छ । केहि दिनअघि युगान्डाको राजधानी काम्पालामा दुईवटा छुट्टाछुट्टै आत्मघाती बम विस्फोट गराएको आशंकामा प्रहरीले पाँच शंकास्पद व्यक्तिको हत्या गरेको हो ।

गएको मंगलबार राजधानी काम्पालास्थित संसद भवननजिकै र प्रहरी चौकी नजिकै दुईवटा आत्मघाती बम विस्फोट भएको थियो । छुट्टाछुट्टै विस्फोटमा परि ३ मानिसको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य ३३ घाइते भएका थिए । सो घटनाको जिम्मा आइएसआइएलले लिएको थियो ।

प्रहरीले सो घटनाको अनुसन्धान गरिरहेको थियो । युगान्डाको आतंकवादविरोधी प्रहरी अधिकारीहरुले सो घटनामा संलग्न पाँच शंकास्पद व्यक्तिलाई मारेको त्यहाँका प्रहरी प्रवक्ता फ्रेड एनाङ्गाले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग बताएका छन् ।

घटनामा संलग्न रहेको आरोपमा अन्य २१ लाई प्रहरीले पक्राउ गरेको समेत उनले बताएका छन् । प्रहरीले मारेका र पक्राउ गरेका सबै आतंकवादी समुह इस्लामिकका सदस्य रहेको स्थानिय मिडियामा खबर छ ।

 

Your Views
Related News