काठमाडौं : नेपालको देउराली डोजो सातौं जुनियर कराते प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । देउराली ४ स्वर्ण, ३ रजत र ४ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो ।

नेपाल सितोरियो कराते डो संघ, ठमेल शाखा डोजोद्वारा आयोजित प्रतियोगितामा पाहुना टोली भारत दोश्रो भयो । भारतले २ रजत र १५ कांस्य जित्यो ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको पुरुषमा नेपालका युनिक राना मगर तथा महिलामा नेपालकै याउजुमा लामा उत्कृष्ट खेलाडी घोषित भए । भारतकी प्रतिभा सुरेश जाधव अनुशासित खेलाडी चुनिइन् ।

विजेतालाई पूर्व युवा तथा खेलकुद मन्त्री दावा तामाङ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य पुरेन्द्रविक्रम लाखे, आयोजक डोजोका प्रमुख सन्तोष श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

२० स्पर्धा समावेश दुईदिने प्रतियोगितामा नेपालका ३ सय २५ र भारतका ५५ खेलाडी सहभागी थिए ।

 

Your Views
Related News