काठमाडौं : जल तथा मौसम विज्ञान विभागले नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको उल्लेख छ।

सोमबार दिउँसो प्रदेश नं १ लगायत अन्य पहाडी भू-भागहरूमा आंशिक बदली र बाकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

राती प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको  पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। महाशाखाका अनुसार प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

जारी बुलेटिनमा भनिएको छ, ‘प्रदेश १ को पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागका एक-दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।’

मंगलबार प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागहरुमा  आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ , बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागहरु का एक-दुई स्थानहरुमा हल्का हिमपातको को सम्भावना रहेको छ। प्रदेश १ , बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

बुधबार प्रदेश १, बाग्मती , गण्डकी तथा लुम्बिनी प्रदेशको  पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ , बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षा  र उच्च पहाडी तथा हिमाली भु-भागहरु का एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाई छ।

 

 

Your Views
Related News