काठमाडौं: संसदीय सुनुवाई समितिका सभापति एवं लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मण लाल कर्णले बाध्यतावश प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नियुक्ति भएको बताएका छन्।

नेपाल बार एशोसिएशनको टोलीले बुझाएको ज्ञापन पत्र बुझ्दै उनले यस्तो बताएका हुन्। उनले त्यो समयमा प्रधानन्यायधीश जबराको विकल्पमा कोही नभएका कारण नियुक्त पाएको दाबी गरे। ‘जबरालाई नेतृत्व नदिँदा सर्वोच्च नेतृत्वविहीन हुने भएर बाध्यात्मक अवस्थामा संसदीय सुनुवाइ गरिएको हो,’ उनले भने।

उनले अदालतको घटना देखेर साह्रै नरमाइलो लागेको बताए। उनले अदालतमा भइरहेको गतिविधि नेपालको इतिहासमा अद्‍भूत भएको बताए। उनले अदालतभित्र प्रहरी परिचालन गर्नु राम्रो नभएकोसमेत बताए। ‘सर्वसाधारणले आन्दोलन गर्दा बारले नपाउने भन्ने हुँदैन,’ उनले भने।

 

Your Views
Related News