बाह्रबिसे : सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं. १ का ६ वटा गाउँपालिका र नगरपालिकामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समूहले ‘क्लिन स्विप’ पारेको छ ।

सोमबार भएको पालिका अधिवेशनमा देउवा समूहले जबरजस्त जित हासिल गरेको हो । नेता रामचन्द्र पौडेल र शशांक कोइराला समूहको लज्जास्पद हार भएको छ ।

कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सातमध्ये ६ वटा पालिकामा आफूहरूको टिमका उम्मेदवारहरूले जित हासिल गरेको बताए । बाँकी रहेको एउटा गाउँपालिकामा मंगलबार अधिवेशन हुने उनले बताए ।

देउवा समूहले भोटेकोशी गाउँपालिका, बाह्रबिस नगरपाकिला, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र जुगल गाउँपालिकामा जित हासिल गरेको नेता बस्नेतले बताए ।

लिशंखु गाउँपालिकामा केही व्यक्तिले होहल्ला गरेका कारण अधिवेशन स्थगित भएको छ । लिशंखुमा मंगलबार अधिवेशन हुनेछ । लिशंखुमा पनि देउवा समूहले क्लिन स्विप गर्नेछ । नेता बस्नेत सभापति देउवा निकट मानिन्छन् ।

 

Your Views
Related News