काबुल : अफगानिस्तानको राजधानी काबुललाई नियन्त्रण गरेको १०० दिनमा २ सय ५७ सञ्चारमाध्यम बन्द भएका छन्। नेहाद रसाना–ए–अफगानिस्तान (एनएआई)ले बुधबार तालिबानले काबुल कब्जा गरेपछि सञ्चारमाध्यममा प्रतिबन्धका कारण कम्तीमा २ सय ५७ मिडिया आउटलेट बन्द भएको तथ्य सार्वजनिक गरेको हो।

सञ्चालनमा रहेका सञ्चारमाध्यमले पनि अभिव्यक्ति स्वतन्त्रताका लागि काम गर्न नसकिरहेको उक्त संस्थाको अध्ययनले देखाएको छ।

टोलो न्युजका अनुसार सञ्चारमाध्यम बन्द गर्दा मुद्रण, रेडियो र टीभी स्टेसनमा काम गर्ने ७० प्रतिशतभन्दा बढी सञ्चारकर्मीले रोजगारी गुमाएका छन्। उनीहरूमध्ये धेरै विदेश पलायन भएको जनाइएको छ। टोलो न्युजले एक पत्रकारको भनाइ उद्धृत गर्दै लेखेको छ, ‘उनीहरू (इस्लामिक इमिरेट)ले संवाददाताका लागि काम गर्न भनेका थिए। तर, हामी यसबाट सकारात्मक परिणाम आउने देख्दैनौं।’

वरिष्ठ सञ्चारकर्मी अब्दुरकिब फयाजले हालै सूचनाको पहुँच सीमित भएको बताए। भने, ‘सञ्चारमाध्यमलाई नियन्त्रण गर्न ल्याएको पछिल्लो नीतिले सञ्चारमाध्यमका गतिविधिमा प्रतिबन्धको चिन्ता बढाएको छ।’

 

Your Views
Related News