नेपाली कांग्रेसको १४ औं अधिवेशनअन्तर्गत सिन्धुपाल्चोक क्षत्र नं १ प्रदेश सभा (क) को प्रदेश सभापतिमा आङदोर्जे शेर्पा, उपसभापतिामा च्याङ्बा शेर्पा र टेकबहादुर गुभाजु, सचिवमा सुवेश थापा र सुरेन्द्र श्रेष्ठ, सहसचिबमा उमेश सुवेदी र राजेन्द्र बिक्रम थापाले विजयी भए ।

त्यसैगरी महाधिबेशन प्रतिनिधि प्रत्यक्षतर्फ १५ जनाले उम्मेद्वारी दिएकोमा रामेश्वर आचार्य (३९० मत) हेमन्त श्रेष्ठ (३८० मत) घ्याम्छो लामा (३७१ मत) पासाङ्ग लामा (३६६ मत) रमेश राउत (३५६ मत) यादब श्रेष्ठ (३४७ मत) हरिबहादुर राय (३१० मत) ल्याइ विजयी भए ।

त्यसैगरी महिलातर्फ चमेली श्रेष्ठ तामाङ दिपा लामा र सुनिता लामा बिजयी भएका छन् भने खस आर्य प्रतिनिधिमा युवाखर सापकोटा र आदिबासी जनजाति प्रतिनिधिमा सुरेन लामा (योन्जन), महिलातर्फ पदमकुमारी श्रेष्ठ र बिना श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । दलित प्रतिनिधितर्फ रबिन्द्र दर्नाल बिजय भए ।

 

 

Your Views
Related News