चितवन : नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध निर्वाचित भएका छन् । एमालेको जारी १० औं महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल निर्वाचित भएका हुन् ।

उम्मेदवारी दर्ताको समयसीमाभित्र उनीहरूको मात्रै उम्मेदवारी परेको केन्द्रीय निर्वाचन कार्यालयले जनाएको छ । यद्यपी औपचारिक घोषणा भने भएको छैन । अध्यक्ष, उपाध्यक्ष र सचिवलगायत १४ पदाधिकारीका लागि भने निर्वाचन हुने भएको छ।

अध्यक्षमा केपी शर्मा ओली र भीम रावल, उपाध्यक्षमा घनश्याम भूसाल, सचिवमा भीम आचार्य, टंक कार्कीको पनि उम्मेदवारी परेको छ ।

 

Your Views
Related News