बेनी: म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बेनीदेखि बेगको सिम जाँदै गरेको ग१ज ७२५१ नम्बरको जिप औला भन्ने ठाउँमा दुर्घटना हुँदा छ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

खिमु पुन र खिमानन्द शर्मा नाम गरेका दुई जना यात्रुको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्यामकुमार राइले बताए। ‘मृतकको ठेगाना र उमेर खुलेको छैन,’ उनले भने ‘चालक दुतबहादुर थापा, वडा सदस्य गौमाया बिक लगायत छ जना घाइतेहरुलाई उपचारका लागि बेनी ल्याइँदैछ।’

जिप सडक देखि करिब तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ। स्थानीयबासी र सुरक्षाकर्मीको टोलीले घाइतेको उद्धार गरेका थिए। दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको प्रनाउ राइले बताए।

 

Your Views
Related News