सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिका ६ रातमाटा मंगलबार भीषण आगलागी भएको छ। रातमाटा घुम्तिमा रहेको शाह आइरन एण्ड इलेक्ट्रोनिक हार्डवेयर पसलमा आगलागी भएको हो । बिहान करिब ९ बजेबाट हार्डवेयरको गोदामबाट सुरु भएको आगो दमकल, नेपाली सेना, प्रहरी र स्थानीयको सामूहिक प्रयासपछि करिब ४ घण्टापछि नियन्त्रण आएको छ।

आगलागीबाट झन्डै ५ करोड रूपैयाँ बढीको क्षति भएको प्रहरीको भनाइ छ । यद्यपि क्षतिको एकिन विवरण आएको छैन । प्रहरी नायव उपरीक्षक मनोज लामाका अनुसार गोदाममा विध्युत सर्ट हुँदा आगलागी भएको हो।

आगलागी भएसङ्गै घटनास्थलमा मानिसको बाक्लो उपस्थिति भएपछि विपी राजमार्ग चार घण्टा अवरुद्ध भएको थियो । अहिले राजमार्ग खुलेको छ।

 

Your Views
Related News