मंगलबार तीब्र उतार चढावबीच नेप्से परिसूचक झिनो अंकले घटेको छ । यस दिन नेप्से परिसूचक १.६४ अंक घटेर २६२८.३७ विन्दुमा बन्द भएको हो ।

मंगलबार २२५ कम्पनीको ६४ लाख ४७ हजार ४४९ कित्ता शेयर किनबेच भएर ३ अर्ब ८ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यो सोमबारको तुलनामा १ अर्ब ८१ करोड रुपैयाँले कम हो ।

सोमबार ४ अर्ब ८९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।

नेप्से परिसूचक झिनो अंकले घटेपनि दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । न्यादी हाइड्रोपावर र सामलिङ्ग पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

इन्फिनीटि लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने सर्वाधिक ४.७७ प्रतिशतले घटेको छ । यस्तै एनआईसी नेपाल, मितेरी डेभलपमेन्ट बैंक, बैंक अफ काठमाण्डू, हिमालयन जनरल इन्स्योरेन्स लगायतको शेयरमुल्य पनि २ प्रतिशत भन्दा धेरैले घटेको छ ।

मंगलबार कारोबारमा आएका १३ वटा उपसमुह मध्ये ६ उपसमुहको सूचक बढ्दा ७ उपसमुहको सूचक भने ओरालो लागेको छ । यस दिन विकास बैंक र निर्जीवन बीमा उपसमुहको सूचक सर्वाधिक ०.८३ प्रतिशतले बढेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको सूचक भने सर्वाधिक ०.८४ प्रतिशतले घटेको छ ।

यस दिन कारोबार रकमका आधारमा आइसीएफसी फाइनान्स शीर्ष स्थानमा रहेको छ । फाइनान्सको १६ करोड २ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यस्तै महालक्ष्मी विकास बैंकको १३ करोड ९९ लाख रुपैयाँ र हिमालयन डिष्टिलरीको १० करोड २३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

 

 

Your Views
Related News