क्यालिफोर्निया : अमेरिकाको क्यालिफोर्नियामा एक व्यक्तिलाई कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमण भएको पुष्टि भएको छ। बुधबार (स्थानीय समयअनुसार) दक्षिण अफ्रिकाबाट फर्किएका एक व्यक्तिमा ओमिक्रोन संक्रमण भएको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले पुष्टि गरेको हो।

हालसालै दक्षिण अफ्रिका गएर फर्किएका ती व्यक्तिले पूर्ण मात्राको खोप लगाएको बताइएको छ। उनलाई कोरोनाको सामान्य लक्षण देखिएको र सुधार भइरहेको पनि बताइएको छ। उनी ‘सेल्फ क्वारेन्टिन’ मा रहेको सीडीसीले जारी गरेको विज्ञप्तीमा भनिएको छ। ती व्यक्तिको सम्पर्कमा रहेका सबै व्यक्तिको पहिचान भइसकेको र उनीहरूमा भने संक्रमण नेगेटिभ देखिएको छ।

पछिल्लो समय दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भेरियन्ट विश्वभर फैलिरहेको छ। ओमिक्रोन तीव्र गतिमा फैलिने विज्ञहरूले बताएका छन्।

 

Your Views
Related News