![](https://jalpakhabar.com/wp-content/uploads/2021/12/416C8076-3070-4108-A643-F333AA0D16B0.png)
गठबन्धन बनाएर सरकार निर्माण भएपछि जनतामा, देशमा र अन्तर्राष्ट्रिय क्षेत्रमा जे सन्देश दिन खोजेको हो त्यसमा अझै सफल नभएको उनले स्वीकार गरे । ‘त्यो दिशातर्फ हाम्रो कदमै चलेका छैन भन्ने पनि हैन । तपाईं पत्रकार साथीहरुले अलि वैचारिक ढंगले, आक्रमक ढंगले सरकारलाई सकारात्मक ढंगले उत्प्रेरित गर्ने काम पनि छाड्नु हुँदैन’, दाहालले अपिल गरे ।
मंसिर २८ मा संसद् बसे पनि एमसीसी र न्यायालयको विवादका विषयमा सहमतिबाटै काम कारबाही अगाडि बढ्ने उनले बताए । ‘कसैले एमसीसीका लागि कसैले महाभियोगका लागि संसद् बोलाएको होला कि भनेर सोचेका छन् । यो हिउँदे अधिवेशन हो । बोलाउने गर्दथ्यो । एमसीसी बारेमा पनि राष्ट्रिय सहमति र दलहरुको समझदारीबाटै जान्छौं । जबर्जस्ती गरेर कसैले हुने कुरा छैन’, दाहालले भने ।
न्यायालयको विवाद निरुपणको विषयमा पनि महाअभियोग लगाउने वा नलगाउने भन्ने निर्क्योल सहमतिमै गर्ने उनले बताए । ‘महाअभियोग पनि राष्ट्रिय हितअनुसार राजनैतिक सहमतिको आधारमा लगाउन हुने/नहुने कुरा हुन्छ । त्यसैले यी विषयमा चिन्ता नमान्नु होला’, दाहालले भने ।
चितवनमा हालै १० औं राष्ट्रिय महाधिवेशन गरेपछि एमाले पार्टी मण्डलेहरु, पञ्चायती र निरंकुशतावादीको मोर्चामा पतन भएको दाहालको टिप्पणी थियो ।