बाग्मती प्रदेश अधिवेशनमा पुर्वमन्त्री बस्नेतको पहिलो भोट (४:१५)

नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य, पुर्व सूचना तथा सन्चार मन्त्री, खेलकुद विभाग प्रमुख, केन्द्रिय बाढी पहिरो विपद व्यवस्थापन समन्वय समिति संयोजक, नेपाली काङ्ग्रेस १४ औं महाधिवेशन तयारी मुल समिति स्वास्थ्य संयोजक, हामी सबैका आशा र भरोसाका केन्द्रबिन्दु आदरणीय मोहन बहादुर बस्नेत ज्युले प्रथम बाग्मती प्रदेश अधिवेशनमा आफ्नो गोप्य मत जाहेर गरि मतदान प्रक्रिया सुरु भएको छ ।

१३ जिल्लाबाट प्रदेश राजधानी हेटौंडामा जम्मा भएका प्रतिनिधिहरुलाई फरक जिल्लाका लागि फरक फरक लाईनको व्यवस्था मिलाईएको छ । बाग्मती प्रदेश सभापतिका लागि इन्द्र बानियाँ, जगदिश्वर नरसिं केसि र भिमसेन दास प्रधान बिच प्रतिस्पर्धा भएको छ । प्रमुख निर्वाचन अधिकृत केशव काफ्लेका अनुसार राती १० बजे सम्ममा लाईनमा बस्नेलाई मतदान गर्न पाउने समय तोकिएको र मतदान गर्न जाने प्रतिनिधिले मोबाइल फोन निशेध गरिएको र मतदान स्थल भित्र भोट माग्न पर्चा, पम्प्लेट ल्याउने नपाउने नियम राखिएको जनाएका छन् ।

 

Your Views
Related News