काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाविधेशनको तयारीका लागि गठन भएको स्वास्थ्य समितिले महाधिवेशन प्रतिनिधिहरूको कोरोनाको एन्टिजेन परीक्षण गर्ने भएको छ ।

काठमाडौंमा आइतबार बसेको समितिको बैठकले महाधिवेशनमा आउने महाधिवेशन प्रतिनिधिहरूको स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको समितिका संयोजक एवम् केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले जनाएकारी दिए । ‘महाधिवेशन प्रतिनिधिहरूलाई कोरोना छ वा छैन भनेर एन्टिजेन परीक्षण गर्नेछौँ’, उनले भनेका छन् ।

स्वास्वास्थ्य समितिले महाधिवेशन प्रतिनिधिहरूलाई कोरोनाभाइरसविरुद्धको खोप पनि महाधिवेशनस्थलमै लगाइदिने निर्णय गरेको छ । महाधिवेशनका बेला एक दिन स्वास्थ्य समितिले रक्तदानको कार्यक्रम पनि राखेको छ ।

महाधिवेशनस्थल भृकुटीमण्डपमा स्वास्थ्य केन्द्र राख्ने स्थानको पनि अवलोकन गरिएको छ । समितिका संयोजक बस्नेतले स्वास्थ्य समितिले चिकित्सक र स्वास्थ्यकर्मी तथा स्वास्थ्यसम्बन्धी सामग्री राख्ने अस्थायी किसिमको घर बनाउने बताए ।

उनले त्यसका लागि तयारी भएको बताएका छन् । सोही घरमा स्वास्थ्यसम्बन्धी सामग्री, औषधि, मास्क लगायतका सामान राखिनेछ ।

 

Your Views
Related News