काठमाडौं : पहाडी भू-भागमा आंशिक बदली रही देशका थोरै भू-भागहरूमा हुस्सु, कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मंगलबार जारी मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी, हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

मंगलबार दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली, बांकी पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र बाग्मती प्रदेशको पहाडी भूभागको एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ।  प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

राती प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार  बुधबार प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

बिहीबार प्रदेश नं १ पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली, र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

देशभर चिसो बढ्ने क्रममा समेत रहेकोले चिसोबाट बच्ने आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

 

Your Views
Related News