इराक: दक्षिणी सहर बास्रामा विष्‍फोट हुँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ। मंगलबार भएको विष्फोटमा परि कम्तीमा चारजनाको मृत्यु भएको हो । इराकी सेनाले मंगलबार दिउँसो विज्ञप्ती जारी गर्दै विष्फोटमा परि कम्तीमा चारको मृत्यु भएको र अन्य २० जना घाइते भएको जानकारी दिएको हो ।

विष्फोटक पदार्थ बोकेको मोटरसाइकल विष्फोट हुँदा छेउमै रहेका दुईवटा कारमा समेत आगलागी भएको हो । सो आगलागीमा कारभित्र रहेका चारजनाको  घटनास्थलमै मृत्यु भएको सेनाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको सेनाले जनाएको छ। घटनामा आतंकवादी समूह आइएसको संलग्नता रहेको हुनसक्ने आशंका गरिएको छ।

 

Your Views
Related News