काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक भोलि बिहीबार बस्ने भएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । आकांक्षीको संख्या बढि भएकाले कांग्रेसले केन्द्रीय नेतृत्व चयनका लागि उम्मेदवारको टुंगो लगाउन सकेको छैन। पदाधिकारीको टुंगो लगाउन बुधबार देउवा पक्षका आकांक्षीहरुको भेला भएको छ। भेलामा देउवाले आकांक्षीहरुलाई उम्मेदवारीको विषयमा क्लियर गर्न बताएका थिए।

सहभागी आकांक्षीहरुले महामन्त्री, सहमहामन्त्री, केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताएका थिए। देउवा समूहमा अहिलेसम्म सभापतिमा कसैले आकांक्षा नदेखाए पनि पदाधिकारीमा भने आकांक्षीको व्यवस्थापन गर्न सकस भएको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन्। महामन्त्रीमा भने देउवा समूहमा आकांक्षी धेरै छन्। गृहमन्त्री बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, प्रवक्ता विश्वप्रकाश शर्मा, एनपी साउद र रमेश लेखक आकांक्षी छन्।

संस्थापन र संस्थापन इतरपक्षले अझैं उम्मेदवारको टुंगो लगाउन सकेका छैनन्। दुवै पक्ष उम्मेदबारको टुंगो लगाउन आन्तरिक छलफलमा जुटेपनि साझा उम्मेदवार बनाउन सकेका छैनन्।

 

Your Views
Related News