काठमाडौं : हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार जारी गरेको मौसम बुलेटिनअनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ।
देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

शुक्रबार दिउँसो प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राती प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

शनिबार प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। आइतबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही  बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ। राती देशको  सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्यतया बदली रही बांकी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

 

Your Views
Related News