काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आवश्यकता परे संसद् अवरोध गर्ने बताएका छन्। मंगलबार बसेको संसदीय दलको बैठकमा संसदीय दलका नेता ओलीले संसद अवरुद्ध गर्दै आइरहेको भन्दै आवश्यकता परे अवरोध गर्ने बताएका हुन्।

उनले सभामुखले षड्यन्त्र गर्दै गए निरीह भएर नबस्ने चेतावनी समेत दिए। उनले भने, ‘कतिपयलाई लाग्न सक्छ संसदमा भाग लिएर आफ्नो कुरा राख्दिए हुन्छ भन्ने। विरोध गरिरहेका छौं, अवरोध गरेका छैनौं।’

‘सरकार सरकार जस्तो छैन, विनाशकारी छ, संसद संसदजस्तो रहेन। सभामुखले न्यूनतम मर्यादा पनि पालना गरेनन्। प्रतिपक्षी पार्टीलाई फुटाउन सभामुख अग्निप्रसाद सापकोटा लागिपरे।’

मंगलबार दिउँसो २ बजे संघीय संसदअन्तरगत प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक बस्दैछ। यसअघिका बैठकमा एमाले  सांसदहरुले अवरुद्ध गर्दै आएका थिए।

 

Your Views
Related News