काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदका लागि दोस्रो चरणको मतदान भइरहेको छ । मंगलबार राष्ट्रिय सभागृहमा मतदान चलिरहँदा सभापति पदका दुबै प्रत्यासी शेरबहादुर देउवा र शेखर कोइराला मतदातासँग मत माग्न व्यस्त छन् ।

मतदानस्थलबाहिर दुबै समूह महाधिवेशन प्रतिनिधिसग मत मागिरहेका छन् । मतदाताको लाइननजिकै शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र निधिका लागि कुर्सीको व्यवस्था गरिएको छ ।

देउवा पक्षका नेताहरु नजिकै शेखर कोइराला र उनी पक्षका नेताहरु पनि मतदातासँग मत मागिरहेका छन् । तर उनीहरु उभिएरै मत मागिरहेका छन् । कोइरालासँगै उपसभापति पदका उम्मेदवार चन्द्र भण्डारी, महामन्त्री पदका उम्मेदवार डा. मिनेन्द्र रिजाल र गगन थापाले उभिएरै मतदातासँग मत मागिरहेका छन् ।

 

Your Views
Related News