काठमाडौं: नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तरर्गत उपसभापति पदको उम्मेदवारको मतगणना सुरू भएको छ। पार्टी कार्यालय सानेपामा मतगणना सुरू भएको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए।

उनका अनुसार आज उपसभापतिको मात्र मतगणना हुनेछ। बिहीबारमात्रै महामन्त्रीको मतगणना गर्ने तयारी रहेको उनले बताए।

उपसभापतिमा विभिन्न प्यानलबाट उम्मेदवारी रहेका छन्। जसमध्ये शेरबहादुर देउवा प्यानलबाट विजय कुमार गच्छदार र पूर्णबहादुर खड्का रहेका छन् भने शेखर कोइराला प्यानलबाट धनराज गुरुङ र चन्द्र भण्डारीले उम्मेदवारी दिएका छन्।

त्यस्तै प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइरालाले उम्मेदवारी दिएकी छन्। त्यस्तै उपसभापतिमै कुनै प्यानलमा नरहेका महेश आचार्यले पनि उम्मेदवारी दिएका छन्।

 

Your Views
Related News