काठमाडौं: राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र तोकिएको छ।

निर्वाचन आयोगले प्रदेश १ मा २ र अन्य ६ वटा प्रदेशमा १-१ वटा मतदान केन्द्रभित्र २-२ वटा मतदानकेन्द्र रहने गरी ८ वटा मतदान स्थलमा १४ वटा मतदान केन्द्रहरु निर्धारण गरेको छ।

प्रदेश सभा सदस्यहरु ५३२ तथा पालिका प्रमुख र उपप्रमुखहरु १४९३ गरी कूल २०२५ जना मतदाता रहेको आयोगले जनाएको छ।

राष्ट्रिय सभा निर्वाचन आगामी माघ १२ गते हुँदैछ।

 

Your Views
Related News