काठमाडौं : नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेट भएको छ । भेटका क्रममा देउवा र दाहालबीच पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको छ ।

उनीहरुबीच नेकपा एमालेले गरेको निरन्तर संसद् अवरुद्ध र त्यसको निकासबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बालुवाटारमा भएको भेटमा अध्यक्ष दाहाले महाधिवेशनबाट सभापतिमा पुनः निर्वाचित भएकोमा देउवालाई बधाइ समेत दिएका थिए।

उनीहरुबीच राजदूत नियुक्तिको विषयमा समेत छलफल भएको बताइएको छ।

 

Your Views
Related News