काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा सर्वदलीय बैठक बोलाउन सहमत भएका छन्। शुक्रबार प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड ‘बीच भेटवार्ता भएको थियो।

भेटका क्रममा  प्रधानमन्त्री देउवा संसद्को अवरोध हटाउन र अन्य मुख्य विषयमा छलफल गर्न  सर्वदलीय बैठक बोलाउन सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

संसद् अधिवेशनको पहिलो दिनमै एमालेले अवरोध गरेको थियो।

अवरोधका बीच सभामुख अग्निप्रसाद सापकोटाले ६ वटा विधेयक पेश गरेका थिए। सभामुख  सापकोटाको भूमिका माथि प्रश्न उठाउँदै अघिल्लो अधिवेशनदेखि नै एमाले सांसदहरुले संसद् अवरोध गर्दै आएका हुन्।

 

Your Views
Related News