काठमाडौंः नेपाली कांग्रेसको क्लस्टरतर्फ सहमहामन्त्रीको मतपरिणाम टंगिने क्रममा छ।

१४औं महाधिवेशनबाट मुस्लिमतर्फ फर्मुल्लाह मन्सुर सहमहामन्त्रीमा निर्वाचित भएका छन्।

शेरबहादुर देउवा समूहका मन्सुरले शेखर कोइराला समूहका शेख वकिललाई पराजित गर्दै मुस्लिमतर्फको सहमहामन्त्री निर्वाचित भएका हुन्।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार मन्सुरले २७७६ मत ल्याए भने वकिलले १८७१ मत पाए।

 

Your Views
Related News