काठमाडौं: नेपाली कांग्रेसको सहमहामन्त्रीमा बद्री पाण्डे निर्वाचित भएका छन्। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई पराजित गर्दै पाण्डे पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा निर्वाचित भएका हुन्।

शेखर कोइराला समूहका पाण्डेले २४११ मत पाए भने सभापति शेरबहादुर देउवा प्यानलका शाहीले २१३३ मत प्राप्त गरे। तेस्रो स्थानमा रहेका चेतराज बजालले ९९ मत पाए।

 

Your Views
Related News