काठमाडौं: नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सहमहामन्त्री पदमा उमाकान्त चौधरीको निर्वाचित भएका छन्। पार्टी कार्यालय सानेपामा भएको मतगणनामा उनी थारु कोटार्तफ निर्वाचित भएका हुन्। उनी शेरबहादुर देउवा प्यानलबाट उम्मेदवारी दिएका थिए।

मतपरिणामअनुसार चौधरीले २५४५ मत र तेजुलाल चौधरीले १७७२ मत पाए। यसअघि देउवा समूहबाट फर्मुल्ला मन्सुर र किशोर सिंह राठौर निर्वाचित भएका छन् भने शेखर प्यानलबाट बद्री पाण्डे निर्वाचित भएका छन्।

बिहीबार भएको मतगणनामा देउवा प्यानलबाट डीना उपाध्याय, भीष्मराज आङदाम्बे निर्वाचित भएका थिए भने शेखर समूहबाट जीवन परियार निर्वाचित भएका थिए।

 

Your Views
Related News