काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत सह–महामन्त्रीको पिछडिएको क्षेत्रमा बद्री पाण्डे विजयी भएका छन् ।

शेखर कोइराला पक्षका पाण्डेले २४११ मत प्राप्त गरे । यस्तै देउवा पक्षका जीवनबहादुर शाहीले २१३३ मत प्राप्त गरे ।

पराजित शाही कर्णाली प्रदेशका बहालवाला मुख्यमन्त्री हुन् । यसअघि महामन्त्रीमा पराजित भएका रक्षामन्त्री डा. मिनेन्द्र रिजालले राजीनामा दिएका थिए ।

यसै विषयलाई लिएर कर्णालीका मुख्यमन्त्रीमाथि पनि दबाब बढेको छ । नेता, कार्यकर्ताको महत्वकांक्षा बुझेर राजीनामा दिनुपर्ने केही नेताको तर्क आएको छ । आफू पराजित भएपछि फेरि नयाँ जोसका साथ कार्यकर्ताको मन जित्ने गरी आउनुपर्ने केही नेताहरुको भनाइ छ ।

मुख्यमन्त्री शाहीले पनि आन्तरिक छलफल गरेर राजीनामा दिनसक्ने बुझिएको छ । उहाँले राजीनामा दिएपनि पार्टीकै अर्को सांसदलाई मुख्यमन्त्रीमा पठाउने कांग्रेसको तयारी छ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत सह–महामन्त्रीको पिछडिएको क्षेत्रमा बद्री पाण्डे विजयी भएका छन् ।

शेखर कोइराला पक्षका पाण्डेले २४११ मत प्राप्त गरे । यस्तै देउवा पक्षका जीवनबहादुर शाहीले २१३३ मत प्राप्त गरे ।

पराजित शाही कर्णाली प्रदेशका बहालवाला मुख्यमन्त्री हुन् । यसअघि महामन्त्रीमा पराजित भएका रक्षामन्त्री डा. मिनेन्द्र रिजालले राजीनामा दिएका थिए ।

यसै विषयलाई लिएर कर्णालीका मुख्यमन्त्रीमाथि पनि दबाब बढेको छ । नेता, कार्यकर्ताको महत्वकांक्षा बुझेर राजीनामा दिनुपर्ने केही नेताको तर्क आएको छ । आफू पराजित भएपछि फेरि नयाँ जोसका साथ कार्यकर्ताको मन जित्ने गरी आउनुपर्ने केही नेताहरुको भनाइ छ ।

मुख्यमन्त्री शाहीले पनि आन्तरिक छलफल गरेर राजीनामा दिनसक्ने बुझिएको छ । उहाँले राजीनामा दिएपनि पार्टीकै अर्को सांसदलाई मुख्यमन्त्रीमा पठाउने कांग्रेसको तयारी छ ।

 

 

Your Views
Related News