काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय सदस्य पिछडिएको क्षेत्रबाट अर्जुनजंगबहादुर सिंह निर्वाचित भएका छन् ।

शुक्रबार अबेर राति आएको अन्तिम नतिजाअनुसार सिंहले आफ्ना प्रतिद्वन्द्वी दीपकजंग शाहलाई ५२१ मतअन्तरले पराजित गरेको केन्द्रीय निर्वाचित समितिले जनाएको छ ।

केन्द्रीय सदस्यमा निर्वाचित सिंहले २५७७ मत पाएका छन् । पराजित शाहले २०५६ मत पाएका छन् । ४६७२ मत खसेको थियो । ३९ मत बदर भएको थियो ।

सिंह सभापति शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवार बनेका थिए । शाह सभापतिमा पराजित शेखर कोइरालाको समूहका उम्मेदवार हुन् ।

 

Your Views
Related News