काठमाडौं: नेपाली कांग्रेसको सभापतिमा उम्मेदवार बनेका शेखर कोइराला स्वतः केन्द्रीय सदस्य बन्ने भएका छन् । नेपाली कांग्रेसको संशोधित विधानमा रहेको एउटा प्रावधानले उनलाई स्वतः केन्द्रीय बन्न बाटो खुला गरेको हो ।

कांग्रेसको विधानको धारा ६५ मा भनिएको छ-‘पार्टीको सबै तहको कार्यसमितिको सभापति पदको निर्वाचनमा निर्वाचित सभापतिपछि दोस्रो बढी मत प्राप्त गर्ने व्यक्ति सम्बन्धित कार्यसमितिको सदस्य हुनेछ ।’

कोइराला सभापति पदको निर्वाचनमा दोस्रो भएका थिए।

 

Your Views
Related News