बेइजिङ: चीनका सबैभन्दा जेष्ठ नागरिकको १३५ वर्षको उमेरमा निधन भएको छ। स्थानीय अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार सिन्जीयान क्षेत्रमा बसोबास गर्दै आएकी अलिमिहान सेयीतीको बिहीबार निधन भएको हो। उनको जन्म सन् १८८६ को जुन २५ मा भएको थियो। उनी सन् २०१३ देखि देशको सबैभन्दा जेष्ठ नागरिक घोषित भएका थिए।

निधन हुनु अगाडिसम्म पनि उनको दैनिक जीवन अति सामान्य नै रहेको अधिकारीहरुले जानकारी दिएका छन्। उनाी सधैँ हासी, खुसी देखिने र आफ्ना नाती नातीनाहरुसँग रमाउने गर्थिन्,’ उहाँका एक आफन्तले भने। उनलाई स्थानीय सरकारले नियमित स्वास्थ्य परीक्षणलगायतका स्वास्थ्य सेवा पर्याप्त रुपमा उपलब्ध गराएको थियो।

 

Your Views
Related News