काठमाडौं : सर्वदलीय बैठक आइतबार अपराह्न ४ बजे बालुवाटारमा बस्ने भएको छ। संसद्को गतिरोध अन्त्य र एमसीसीका विषयमा छलफल गर्न प्रधानमन्त्रीले बैठक बोलाएको प्रेस सल्लाहकार गोविन्द परियारले बताए। माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालसँग शुक्रबार भएको भेटपछि प्रधानमन्त्री शेरबहादुर देउवा यसमा सकारात्मक बनेको जनाइएको छ।

बैठकमा एमाले भने सहभागी नहुने भएको छ। माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गर्नुपर्ने माग राख्दै एमालेले संसद्मा अवरोध गरिरहेको छ। उनीहरूलाई सांसद पदबाट मुक्त गर्नुपर्ने एमालेको अडान छ।

सभामुखले भदौ २९ मा बोलाएको र प्रधानमन्त्रीले असोज १४ मा बोलाएको सर्वदलीय बैठकमा पनि एमाले सहभागी भएको थिएन। मंसिर २८ गते सुरु भएको प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठक पनि एमालेले अवरोध गरेको थियो। प्रतिनिधिसभा बैठक पुस ६ गते मंगलबार दिउँसो १ बजे बोलाइएको छ।

 

Your Views
Related News