काठमाडौं : सर्वदलीय बैठक बस्नुअघि सत्तारुढ गठबन्धनको बैठक बस्दै छ । दिउँसो ३ बजेका लागि बैठक डाकिएको राष्ट्रिय जनमोर्चाका नेता दुर्गा पौडेलले अन्नपूर्णलाई जानकारी दिइन् । उनले भनिन्,‘गठबन्धनको बैठक भनेर खबर प्राप्त भएको छ । एजेण्डाबारे खुलाइएको छैन । ’  सर्वदलीय बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ।

सर्वदलीय बैठकमा पेश हुने एजेन्डाबारे साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्न लागेको हो। बैठकमा संसद्मा जारी अवरोध, एमसीसीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ।

लामो समयदेखि नेकपा एमालेले संसद् अवरोध गर्दै आइरहेको छ। एमालेको अवरोधका कारण दुवै सदनका काम कारबाही प्रभावित हुँदै आएका छन् । एमालेले आजको बैठकमा पनि सहभागी नहुने जनाएको छ।

एमाले बैठकमा सहभागी नहुने भएपछि सर्वदलीय बैठक औपचारिकतामा मात्र सिमित हुने देखिएको छ।

 

Your Views
Related News