काठमाडौं: काठमाडौंको बानेश्वरस्थित इन्द्रेणी कम्पलेक्समा आगलागी भएको छ।

आगलागी नियन्त्रणका लागि दमकल आइपुगेको बानेश्वरका प्रहरी वृत्त, बानेश्वरका डीएसपी मीमबहादुर लामाले जानकारी दिए।

डीएसपी लामाका अनुसार इन्द्रेणी कम्पलेक्समा रहेको जीम खानामा विद्युत सर्ट भएर आगलागी भएको हो।

क्षतिबारे अहिलेसम्म कुनै विवरण प्राप्त नभएको उनले बताए।

 

Your Views
Related News