काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको महिला क्लस्टरको मतगणना चलिरहेको छ । पार्टी कार्यालय सानेपामा ३७५० मत गणना हुँदा डिला संग्रौलाले अग्रता कायम राखेकी छन् ।

उनले १३४६ मत पाएकी छन् । त्यस्तै पुष्पा भुसालले २२२३, आरजु राणाले २०८३, अम्बिका बस्नेतले १८८९, ईश्वरी न्यौपानेले १८२६, सरिता प्रसाईंले १६७४, रमा कोइरालाले १५३९, सुशीला ढकालले १४७६, रंगमती शाहीले १४८६ र अनिता देवकोटाले १३८७ मत पाएका छन् ।

महिला क्लस्टरमा ९ केन्द्रीय सदस्यका लागि ३० जनाबीच प्रतिस्पर्धा भएको छ । सोमबार नै भएको मतगणनाबाट अल्पसंख्यकतर्फ प्रदीपकुमार सुनुवार केन्द्रीय सदस्य निर्वाचित भएका छन् । सोमबार नै मधेसी, थारु, मुस्लिम, प्रदेश १ र वागमती प्रदेशको केन्द्रीय सदस्य पदको मतगणना पनि भइरहेको छ ।

 

Your Views
Related News