काठमाडौ : रत्नराज्यलक्ष्मी क्याम्पस, काठमाडौंका एक विद्यार्थीले शिक्षकलाई निर्घात कुटपिट गरेका छन् ।

क्याम्पसको आन्तरिक परीक्षामा चिट चोर्ने नदिएको भन्दै विद्यार्थी कुवेर जेठाराले शिक्षकलाई कुटपिट गरेका हुन् ।

कलेजका शिक्षक जगत नेपालले आफूले कुटपिट भएको देखेको बताउँदै प्रशासनले यस विषयमा छलफल गरिरहेको अनलाइनखबरलाई बताए ।

कुटपिटबाट क्याम्पसका शिक्षक प्रकाश पुडासैनी घाइते भएका छन् ।  उनको मोडल अस्पतालमा उपचार भइरहेको छ ।

घटनापछि मंगलबारको परीक्षा स्थगित भएको छ ।

 

Your Views
Related News