काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) का ६ जना केन्द्रीय सदस्यहरुले खेलाडीमाथि गरिएको कारबाही फिर्ता लिन माग गरेका छन्। क्यानका केन्द्रीय सदस्यहरु छुम्बी लामा, ऋषिराम गौतम, अमितबीर पाण्डे, करण महतारा, मोहम्मद दाउत अन्सारी र संजय राज सिंहले पत्रकार सम्मेलन गर्दै खेलाडीमाथि गरिएको कारबाही फिर्ता लिन माग गरेका हुन्।

क्यानले अनुशासन उल्लंघन गरेको भन्दै कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई कारबाही गरेको थियो। क्यानले उनीहरुलाई कारबाही गर्दै सन् २०२२ को केन्द्रीय सम्झौतामा सुरुको ६ महिना सहभागी नगराउने निर्णय गरेको थियो।

उनीहरुले खेलाडीमाथि नियोजित तरिकाले कारबाही गरेको बताएका छन्। कार्यसमिति बैठकमा एजेण्डा वितरण नगरी आफुखुसी प्रस्तावहरु ल्याएर छलफल गर्ने, आफूअनुकुल निर्णय गर्ने, त्यस्ता निर्णयहरु केन्द्रीय सदस्यले नै प्रेस विज्ञप्तिबाट थाहा पाउनुपर्ने अवस्था रहेको उनीहरुको आरोप छ।
हेर्नस् विज्ञप्ति 

 

Your Views
Related News