जनकपुर: प्रदेश २ नेपाली कांग्रेसको जारी अधिवेशनमा झडप भएको छ।

विमलेन्द्र निधि र शेरबहादुर देउवा समूहबीच कुटाकुट भएको हो।

बुधबार दिउँसो १ बजेदेखि मतदान सुरु हुने कार्यतालिका रहेपनि अहिलेसम्म सुरु नगरेको भन्दै आक्रोशित नेता कार्यकर्ताले नाराबाजी गरेपछि झडप भएको थियो।

मतपत्र नछापिएकाले भोलि बिहान ८ बजेदेखि मतदान हुने निर्वाचन अधिकृत प्रह्लाद गौतमले अन्नपूर्णलाई जानकारी दिए। ‘मतपत्र छाप्न ढिलाइ भएकाले आज मतदान हुन सकेन।

मतदान प्रक्रिया अब भोलिमात्र हुनेछ,’ उनले भने।

 

Your Views
Related News