जनकपुरधाम: प्रदेश २ नेपाली कांग्रेसको प्रथम अधिवेशनबाट नेतृत्व चयनका लागि मतदान चलिरहेको बेला निधि प्यानल जिताउन प्रधानमन्त्री शेरबहादुर देउवाको नामबाट म्यासेज पठाइएको छ। जनकपुरस्थित गोपाल धर्मशालामा मतदान चलिरहेको बेला पार्टी सभापति देउवाको नामबाट महाधिवेशन प्रतिनिधि तथा प्रदेश प्रतिनिधिको मोबाइलमा पटक–पटक निधि प्यानलका रामसरोज यादवलाई जिताउन म्यासेज पठाइएको हो।

मतदाताको मोबाइलमा ‘एलटी-अलर्ट’बाट देउवाको नाममा पठाइएको सन्देशमा रामसरोज यादवको प्यानललाई निर्वाचित गराउन आग्रह गरिएको हो। म्यासेजमा भनिएको छ, ‘जय नेपाल! प्रदेश अधिवेशनमा सभापति रामसरोज यादव प्यानललाई आफ्नो अमूल्य मत दिइ विजयी बनाउनु हुन हार्दिक अनुरोध।– शेरबहादुर देउवा।’ दे

उवाले मत मागेका रामसरोज यादव भने विमलेन्द्र निधि-सभापति देउवाको नाममा मतदाताहरूको मोबाइलमा म्यासेज आउन थालेपछि सभापतिका उम्मेदवार कृष्ण यादवले ‘भ्रम फैलाउने’ षड्यन्त्र भएको बताएका छन्। उनले मतदातालाई भ्रममा नपर्न अपिल पनि गरेका छन्। बिहीबार विहानैबाट रामसरोज यादवलाई जिताउन म्यासेज आइरहेको एक महाधिवेशन प्रतिनिधिले जानकारी दिए।

 

Your Views
Related News