काठमाडौं: रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसका प्रध्यापक प्रकाश पुडासैनीमाथि कुटपिट गर्ने विद्यार्थीलाई क्याम्पसले निष्कासन गरेको छ।

पुस ६ गते स्नातक तहको पहिलो वर्षको आन्तरिक परीक्षा चलिरहेको समयमा विवाद हुँदा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी कुवेर जेठाराले पुडासैनीमाथि आक्रमण गरेका थिए।

क्याम्पस प्रमुख डा. जीवनधर ज्ञवालीले विज्ञप्ति जारी गर्दै प्रध्यापकमाथि सांघातिक आक्रमण गरेर क्याम्पसको शैक्षिक वातावरणमा खलल पुर्‍याएको भन्दै निज विद्यार्थीलाई क्याम्पसबाट निष्कासन गरिएको र कानुनी कारबाही अगाडि बढाएको बताएका छन्।

 

Your Views
Related News