महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बनेका डा. प्रकाशशरण महतले महामन्त्रीमा मात्रै क्रस भोट भएकाले आफ्नो पराजय अनपेक्षित भएको बताएका छन्।

उनले सञ्चारकर्मीसमक्ष कुरा गर्दै आफ्नो पराजयको पनि समीक्षा हुने बताए। ‘समीक्षा गरेपछि थाहा हुन्छ, मेरो उम्मेदवारीको विरुद्धमा को किन लागे भन्ने कुरा। अहिल्यै कही नभनौं,’ उनले भने, ‘अन्तर्घात आफ्नै समूहबाट भएको मैले भन्ने कुरा होइन। मिडिया र साथीहरूले बुझ्ने कुरा हो।’

उनले अपेक्षा गरे जति आफूले मत नपाएको बताए। ‘अपेक्षा अनुसारको नतिजा आएन। तर मेरो बलिायो मत आएको छ। दुःखी हुनुपर्ने केही छैन। पदमा हुँदा पनि, नहुँदा पनि म पार्टीमा अझै बढी क्रियाशील भएर लाग्नेछु,’ उनले भने।

उनले सभापतिले केन्द्रीय सदस्यमा मनोनित गरे त्यसलाई स्वीकार गरेर सक्रिय हुँदै अघि बढ्ने बताए।

 

Your Views
Related News