काठमाडौंः काठमाडौं विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगको निर्देशन अवज्ञा गर्दै काठमाडौं मेडिकल कलेजले अतिरिक्त शुल्क मागेको भन्दै अखिल (क्रान्तिकारी)ले कलेजलाई तोकिएको शुल्कभन्दा बढी नलिन आग्रह गरेको छ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष प्रकाश शाहिले बिहीबार विज्ञप्ति जारी गर्दै अवैध शुल्क असुले संघर्षमा उत्रिने बताए।

‘काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगल तथा मेडिकल माफिया सुनिल शर्मा, मणिपाल मेडिकल कलेज र नोबेल मेडिकल कलेजले विद्याधीहरुबाट नियम विपरित, स्वेच्छाचारी र लुटेरा तरिकाले लाखौं रकम ठगीरहेको तथा विद्यार्थी र अविभावकहरुमाथि नियम विपरित गरेको अन्यायपूर्ण व्यवहार र रवैयाप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ। मेडिकल माफिया सुनिल शर्मा तथा अन्य मेडिकल कलेजहरुको यो हर्कतको हाम्रो संगठन घोर निन्दा गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

 

Your Views
Related News