काठमाडौं : कोभिड-१९ कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गरी सत्तारुढ दल कांग्रेसका नेताहरुले मास्क लगाएरै प्रमाणपत्र ग्रहण गरेका छन्। १४ औं महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्यले शनिबार आफू निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेका हुन्। 

केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले पार्टीको केन्द्रीय कार्यालय सानेपामा शनिबार आयोजित समारोहमा सभापति शेरबहादुर देउवा, महासचिव विश्वप्रकाश शर्मा, गगनकुमार थापालगायत पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र हस्तान्तरण गरे।

मंसिर २४ गतेदेखि २७ सम्म भएको कांग्रेसको १४ औं महाधिवेशनबाट १ सय ३४ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो।

 

Your Views
Related News